१७ कार्तिक २०८३, मंगलबार

प्रहरी जवानले आफैंलाई हाने गोली

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १२ पुस । कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँलाई गोली हानेका हुन् । उनको अवस्था गम्भीर छ । हतियार राख्ने कोठाभित्र छिरेर उनले आफैंलाई गोली हानेका हुन् ।

उनले आफ्नो निधारमा गोली हानेका छन् । उनको उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।