१८ असार २०८३, बिहिबार

अदालतमा रविको बयान सकियो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

उनको जिल्ला अदालत कास्कीमा बयान सकिएको हो । बुधबारदेखि न्यायाधीस नीतिज राईको इजलासमा उनको बयान भएको थियो ।

लामिछानेसँगै छविलाल जोशी र लिला पछाईँको बयान पनि यसअघि नै सकिइसकेको छ । सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

थुनछेक बहसपछि अदालतले थुनामै राख्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश गर्नेछ ।