
काठमाडौं, १२ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिहाईविरूद्व सरकार पुनरावलोकनमा जाने भएको छ ।
गत पुस ५ गते प्रसाई पक्षबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका थिए ।
आदेश लगत्तै उनी रिहा भएका हुन् । अदालतको उक्त आदेशविरूद्व सरकार पुनरावलोकनमा जाने भएको हो । सर्वोच्चको पत्र प्राप्त हुनासाथ पुनरावलोनका लागि निवेदन दिने महान्यायाधीवक्ताको कार्यालयले बताएको छ ।
साइबर अपराधको कसुरमा ४० हजार धरौटीमा रिहा भएलगत्तै उनी अदालत परिसरबाटै आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।








प्रतिक्रिया