
काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले सिंहसँगको व्यक्तिगत सम्बन्ध र नेपाल-भारत द्विपक्षीय हितका विषयमा भएका संवादहरूको स्मरण गरेका छन् ।
‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।








प्रतिक्रिया