२६ असार २०८३, शुक्रबार

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कानून समितिको सभाकक्षमा दिनको १२ः१५ बजे बस्दै छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्दै छ ।