२ असार २०८३, मंगलबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकोे छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।