
काठमाडौं, ११ पुस । मंंकीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।
उनले निजको अवस्था सामान्य रहेको बताए । मंकीपक्स संक्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।
साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकीपक्स संक्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि उनको अस्पतालमा उपचार जारी छ ।









प्रतिक्रिया