
धनुषा, ११ पुस । धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।
हरिहरपुरस्थित मुसहरी टोल निवासी ४८ वर्षीया रेशमीदेवी मुखियाको शव बुधबार राति उनकै घरको शौचालय पछाडि गाडिएको अवस्थामा भेटिएको हो ।
रेशमीदेवी बुधबार बिहान खाना खाएपछि घरबाट बेपत्ता भएकी थिइन् । उनको खोजी गर्ने क्रममा बुहारीले राति घर पछाडिको जमिनमा गाडिएको अवस्थामा शव फेला पारेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि मृतक रेशमीदेवीका श्रीमान् दशैया मुखिया बिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक साहका अनुसार दशैयालाई गएराति नै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको थियो ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।









प्रतिक्रिया