२८ असार २०८३, आइतबार

पौवादुङमा गोल्डकप माघ १ गतेदेखि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ११ पुस । जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ ।

पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १ देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद तीन लाख रुपैयाँसहित पदक एवं प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

प्रतियोगिता आयोजक समितिले प्रतिस्पर्धामा भाग लिन चाहने समूहलाई यही पुस २० गते भित्रमा आवेदन दर्ता गर्न आज एक सूचना निकालेर आह्वान गरेको छ ।