१९ असार २०८३, शुक्रबार

क्रिसमसकै दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किएभ, ११ पुस । रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यसले एक थर्मल पावर प्लान्टमा प्रहार गरी क्रिसमसको बिहान युक्रेनीहरूलाई मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य बनायो ।

युक्रेनी इन्धन र ऊर्जा स्रोतहरूमा गरिएको आक्रमणमा ७८ वटा हवाई, भूमि र समुद्री प्रक्षेपण मिसाइलका साथै १०६ वटा साहेद र अन्य प्रकारका ड्रोनहरू समावेश रहेको युक्रेनको वायु सेनाले जनाएको छ । उसले ५९ मिसाइल र ५४ ड्रोन ध्वस्त पारेको र थप ५२ ड्रोनलाई जाम गरेको दाबी गरेको छ ।

‘(रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले जानाजानी आक्रमणका लागि क्रिसमस रोज्नुभयो । यसभन्दा बढी अमानवीय के हुनसक्छ ?’, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा भने, ‘उनीहरूले युक्रेनमा ब्ल्याकआउटका लागि लडाइँ जारी राखेका छन् ।’