
काठमाडौं, १० पुस । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग प्रस्तुत हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले छिमेकीलाई मनपरी गाली गर्ने स्कुलिङको विरूद्वमा आफूहरू रहेको बताएका हुन् । छिमेकीसँग आई टु आई कुरा गर्ने पक्षमा आफूहरु रहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो दुवै छिमेकीसँग हाम्रो राजनीतिक नेतृत्वले आई टु आई कुरा गर्ने सामथ्य राखोस्। आफ्ना समस्यालाई प्रस्तुत गर्ने सामथ्र्य राखोस्। कि छिमेकीलाई मनपरी गाली गर्ने स्कुलिङ छ कि धोडा टेकेको अभ्यास छ। हामी दुवै कुराको विपक्षमा छौं। हामी दुवै कुरालाई गलत भन्छौं। हामी छिमेकीसँग आई टु आई कुरा गर्नुपर्छ तथ्य र प्रमाणको आधारमा प्रस्तुत हुनुपर्छ भन्ने पक्षमा छौं।’








प्रतिक्रिया