
काठमाडौं, १० पुस । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कोरबोबार भएको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १८०० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया