२४ जेष्ठ २०८३, आइतबार

नेपाल भलिबल लिगको लोगो र स्लोगन सार्वजनिक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल)को लोगो सार्वजनिक गरिएको छ ।

मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयाजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

उनले भने, ‘खेलकुदको माहोल हुँदा हुँदै पनि सरकार, मन्त्रालय, परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर कानून नमान्ने धेरै सृजना भएको छ । म आग्रह गर्छु संघका साथिहरु निर्णय विरुद्ध काम गर्नु भयो भने त्यो संघहरुलाई कडा कारबाही हुन्छ ।’

‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।