
काठमाडौं, ९ पुस । भक्तपुरको बालकोटमा बाबु र भाइ हत्या गर्ने मिलन आचार्यले तनावका कारण हत्या गरेको बयान दिएका छन् ।
उनले आफू पटक पटक लोकसेवामा असफल हुँदा पारिवारित तनाव भएको बतएका हुन् । उनले ६ पटक लोकसेवाको परीक्षा दिँदा पनि पास नभएको बताएका छन् ।
आफू सरकारी जागिरे भएको हेर्ने चाहना राखेका बुबा आफ्नो असफलताले डिप्रेसनमा पुगेका र एकपटक आत्महत्या समेत गर्ने कोशिस गरेका उनले बताएका हुन् ।
‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। भाइ पनि खासै नपढ्ने कुलतमा लागेजस्तो थ्यो। आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ। कहिले सुब्बा कहिले खरिदार तर पास हुन सकिनँ। आफ्ना कारण पनि परिवारलाई तनाव भयोजस्तो लाग्यो। मैले पनि केही गर्न सकिनँ। यो भन्दा त बाबुलाई पनि मुक्ति दिँदा ठीक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रहरीको प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ। कुनै झगडा परेर हत्या गरेको होइन।’















प्रतिक्रिया