२१ असार २०८३, आइतबार

भक्तपुर घटना : प्रेमिकासँगको तनावले बुबा र भाइको हत्या !

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । भक्तपुरको बालकोटमा बुबा–छोरा हत्याकाण्डमा जेठो छोराले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। आज जेठो छोरा मिलन आचार्यले महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेका हुन् ।

बालकोटस्थित कोठामा खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण आचार्यको शव फेला परेको थियो । संगै रहेका जेठा छोरा मिलन भने सम्पर्कविहीन भएका थिए ।

प्रहरीमा आत्मसमर्पणपछि मिलनले बुबा र भाइको हत्या आफूले गरेको स्वीकारेका प्रहरीले बताएको छ । प्रेमिकासँगको तनावका कारण आफूले बुबा र भाइको ज्यान लिएको उनले प्रारम्भिक बयानमा बताएका हुन् ।

प्रहरीले उनी मानसिक समस्याबाट गुज्रिरहेका हुन् कि भन्ने अनुमान गरेको छ । उनका बुबा स्कुटरको लाइसेन्स बनाउन खोटाङबाट भक्तपुर आएका थिए ।

मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि इनड्राइभबाट मोटरसाइकल बोलाएर भागेको बताएका छन् । थप अनुसन्धान भइरहेको छ ।