
भक्तपुर, ९ पुस । हिजो बालकोटमा बुबा–छोरा हत्याकाण्डमा जेठो छोराले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
आज जेठो छोरा मिलन आचार्यले महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेका हुन् ।
बालकोटस्थित कोठामा खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण आचार्यको शव फेला परेको थियो ।
संगै रहेका जेठा छोरा मिलन भने सम्पर्कविहीन भएका थिए । प्रहरीले हत्याकाण्डमा जेठो छोरा मिलनको संलग्नता भएको हुन सक्ने अनुमान गरेको छ ।









प्रतिक्रिया