
पोखरा, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
उनीसहित छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराएको हो । कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।
अदालतमा हिजोदेखि बयान सुरू भएको छ । हिजोदेखि छविलाल जोशीको बयान चलिरहेको हो । आजदेखि रविको पनि बयान सुरू हुने सम्भावना छ ।
न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरू भएको हो ।









प्रतिक्रिया