
काठमाडौं, ९ पुस । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ कायम भएको थियो भने आज (मंगलबार) पनि सुनको मूल्य सोमबार कै कायम छ ।
मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।








प्रतिक्रिया