
काठमाडौं, ८ पुस। हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको बिटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ ।
कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप गरी क्षति पु¥याकोले गर्दा सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमले आज एक विज्ञप्ति जारी गर्दै सेवाहरु अवरुद्ध हुन पुगेकोमा दु:ख समेत व्यक्त गरेको छ ।
‘सर्केगाड गाउँपालिका–५ स्थित बरै माइक्रो वीटीएस टावरमा पौष ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।’ टेलिकमका प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न नगराउन समेत टेलिकमले अनुरोध गरेको हो ।









प्रतिक्रिया