
पोखरा, ८ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजदेखि जिल्ला अदालत कास्कीमा प्रतिवादीको बयान सुरू भएको छ ।
आज पहिलो दिन पूर्व डीआईजी छविलाल जोशीसँग मात्रै बयान लिइएको छ । उनको तीन घण्टा लामो बयान लिइएको हो । जिल्ला न्यायाधीश नितिज राईको इजलासमा उनको बयान लिइएको हो । भोलि पनि उनको बयान हुनेछ ।
रवि लामिछानेसहित अन्य प्रतिवादीको पालो छविको सकिएपछि मात्रै आउने बताइएको छ । बयानका लागि छविसँगै रवि लामिछाने, जीबी राई निकट कर्मचारी लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई अदालत लगिएको थियो ।








प्रतिक्रिया