२१ असार २०८३, आइतबार

चौथो दिन बल्ल शेयर बजारमा हरियाली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । लगातार तीनदिन कारोबार घटेको नेप्से चौथो दिनभने बढेको छ । गएको हप्ताको बुधबार, बिहीबार र यो हप्ताको पहिलो दिनआइतबार घटेको नेप्से सोमबार भने बढेको हो ।

आज २८.९१ अंकले बढेर नेप्से २६१२.२० अंकमा बन्द भएको छ । सूचकमा सुधार देखिए पनि आजको बजारमा कारोबार भने बढ्न सकेन । आइतबार ४ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ४३ करोडको मात्र कारोबार भएको हो ।

बढेको बजारमा पनि लगानीकर्ता ८ अर्ब कम कारोबार गरेका छन् । नेप्से सूचक बढेर बजारमा हरियाली छाउँदा म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेका छन् । यो दिन सबैभन्दा धेरै हाइड्रो समूहको सूचक बढेको देखिन्छ । यस समूहको सूचक ३।६५ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक क्रमशः १.१५ र १.६७प्रतिशतले बढेका छन् ।

अन्य समूहहरूको भने सामान्य वृद्धि देखिएको छ । म्युचुअल फण्डको उपसूचक भने आज एकैदिन ४.२१ प्रतिशतले घटेको हो ।

कम्पनीगत रुपमा आज कारोबारमा आएका ३२८ वटा कम्पनीमध्ये १९४ वटा कम्पनीको मूल्य बढेका छन् भने ४२ वटा कम्पनीको घटेको छ । बाँकी ८ वटा कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएन ।

आज बढ्ने कम्पनीहरूमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रो अगाडि छन् । यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, बराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेभलपर जस्ता कम्पनीले ९ प्रतिशत माथिको वृद्धि गरेका छन् ।

घट्ने कम्पनीहरूमा आज मानुशी लघुवित्त अगाडि छ । यो कम्पनीको मूल्यमानकारात्मक सर्किट लागेको हो । यसका अलावा, कर्पोरेट डेभलपमेन्ट बैंक पनि ३.१६ प्रतिशतको गिरावटसँगै मूल्य घट्नेमा दोस्रो स्थानमा छ ।

कारोबारका आधारमा आज पनि जानकी फाइनान्स अग्रस्थानमा छ । यो कम्पनीको १८ करोडको कारोबार हुँदा जोशी हाइड्रोको ११ करोडको कारोबार दोस्रो स्थानमा रहेको हो ।