
साओ पाउलो, ८ पुस । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
‘विमान एउटा भवनको चिम्नीमा ठोक्कियो र त्यसपछि फर्निचर स्टोरमा खस्यो,’ रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘नागरिक सुरक्षाले नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्,’ राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले बताए ।
कम्तिमा १५ जनालाई अस्पताल लगिएको थियो, जसमध्ये अधिकांश घाइते भएका थिए ।
विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय सहर क्यानेला नगरपालिकाबाट उडेको थियो ।
ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक सहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय आगमन हुन्छ । एएफपी








प्रतिक्रिया