५ श्रावण २०८३, मंगलबार

रविको बयान- सहकारीको रकम उपभोग नगरेकाले रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम आफूले उपभोग नगरेको बयान दिएका छन् ।

सहकारीबाट रकम लिने कार्यमा आफ्नो कुनै पनि किसिमबाट संलग्नता नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा रकम फिर्ता गर्ने जिम्मेवारी आफ्नो नरहने बताएका हुन् ।

आफूले सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्नेमा आजसम्म नआएको र गैर कानूनी ढंगबाट ऋण लिइएको आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

२०७७ असार ३१ गते सहकारीमा नाम थर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर एक करोड ऋण देखाइएको भन्ने कुरा वित्तीय विश्लेषण र संसदीय समितिमा बयान दिन जाँदाको क्रममा आधिकारिक रूपमा थाहा पाएको उनले बयानमा बताएका छन् ।