३१ असार २०८३, बुधबार

रविकी पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो ।

यसैबीच रविकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ।

सहकारी ठगीको रकम निकिताको खातामा जम्मा गरेको आरोप लगाउँदै निकिताका नाममा भएको सम्पत्ति जफत गर्न माग गरिएको हो ।