
काठमाडौं, ५ पुस । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी ओली प्रधानमन्त्री बनेपछि बिग्रिएका कुरा बनाउँदै अगाडि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्रीले बेथितिलाई ठिक ठाउँमा ल्याउँदै, सम्भव छैन कि भनेका कुरा सम्भव बन्दै गइरहेका बताएका हुन् । सरकार गठन भएको पाँच महिनामा बाढीपहिरो, चीन भ्रमण लगाएत धेरै काम भएको उनको भनाइ छ ।
अघिल्लो सरकारले पास गरेको बजेट, बनाएका नीति नियम सुधारेर साथै अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासमा सरकार रहेको भन्दै देश सुधारको बाटोमा गयो भन्ने आभास दिलाउन सरकार सफल भएको उनको भनाइ छ ।
बीआरआई सम्झौताका बारेमा उनले एमाले र काँग्रेसबीच अहिले देशलाई ऋण आवश्यक नरहेकोमा एकमत रहेको स्पष्ट पारे । चीन सरकारसँग तीन वर्षका लागि सम्झौता भएको जानकारी दिँदै चित्त नबुझे तीनवर्षपछि रद्द गर्न सक्ने बताए ।
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सन्दर्भमा उनले वर्तमान सरकार कसैप्रीत पूर्वाग्रही नरहेको स्पष्ट पार्दै कानूनी कारबाही भइरहेको विषयमा प्रभाव पार्न नहुने धारणा राखे ।















प्रतिक्रिया