१४ असार २०८३, आइतबार

प्रधानमन्त्रीको इन्डोस्कोपी गरियो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ ।

प्रधानमन्त्रीको आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गरिएको हो ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको जानकारी दिइन् । इन्डोस्कोपीका क्रममा प्रधानमन्त्रीमा कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको उनले बताएकी छिन् ।

इन्डोस्कोपीपछि प्रधानमन्त्री ओलीले आज दिनभर बालुवाटारमै आराम गरेर बसेका थिए ।