
काठमाडौं, ४ पुस । सामाजिक सञ्जालमा भाइरल तस्वीर रवि लामिछानेकै भएको पुष्टि भएको छ ।
कास्की प्रहरीले तस्वीर रविकै भएको पुष्टि गर्दै सार्वजनिक गर्नेलाई कारबाही गर्ने बताएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई कारवाही गर्ने बताएको हो ।
प्रहरीले तस्वीर रविको नभएको दावी नगरेसँगै तस्वीर सत्य भएको पुष्टि भएको हो । अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।
‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।










प्रतिक्रिया