३१ असार २०८३, बुधबार

सोसल मिडियाको स्टन्टबाट उदायकाहरू त्यसैकै दुरूपयोगबाट विस्थापित हुने बाटोमा : शंकर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

उनले सोसल मिडियाको स्टन्ट र प्रपोगाण्डाबाट उदाएकाहरू त्यसकै दुरूपयोगबाट विस्थापित हुने बाटोमा रहेका बताएका हुन् ।

रवि लामिछानेको हिरासतको तस्वीर भन्दै एक तस्वीर सार्वजनिक भएपछि महासचिव पोखरेलले टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन, सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने वाटोमा अग्रसर देखिन्छन् ।