
बझाङ, ३ पुस । बझाङमा आज पनि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि हिजो (मंगलबार) पनि धमेना आसपास नै केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।








प्रतिक्रिया