
काठमाडौं, २ पुस । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले रवि लामिछानेले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
उनले लामिछानेले आफ्नै कारणले दुःख पाएको बताएका हुन् । केही दिनअघि कास्की जिल्ला अदालतमा लामिछानेले न्यायाधीससँग सूर्य थापाको स्किृप्ट अनुसार सबै भइरहेको बताएका थिए । त्यसकै जवाफ दिँदै थापाले लामिछानेले आफ्नै कारणले दुःख पाएका बताएका हुन् ।
थापाले भने, ‘रविजीले इजलासमा पनि बोल्नु भएछ, उहाँ त बुझ्ने मान्छे हो, उपप्रधान तथा गृहमन्त्री भएको। इजलासमा छानबिन विशेष समितिका सभापतिको स्कृिप्ट अनुसार मैले दुस्ख पाएको छु भन्नु भएछ। मेरा कारणले होइन, मंगले आफ्नै ढंगले हो।’
एमाले सांसद समेत रहेका थापाले लामिछानेले केहि थाहा छैन भनेर उन्मुक्ति नपाउने पनि स्पष्ट पारे । १५ प्रतिशत सेयरको मालिक र प्रबन्ध निर्देशक नभएको भए लामिछानेले उन्मुक्ति पाउने उनको भनाइ छ ।
‘सहकारीको रकम एक पैसा पनि लिन नपाइने ठाउँमा गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउने, रजगज गर्ने, मासिक पाँच लाख तलब लिने, ७५ लाख सेयर हाल्ने, फेरि एक करोड ८० लाख सेयर हाल्ने यो सबै कुरा कसले गरेको ?,’ थापाले भने, ‘१५ प्रतिशत सेयरको मालिक र प्रबन्ध निर्देशक नभएको भए रवि लामिछानेले पनि विपिनकुमार आचार्यलेजस्तो उन्मुक्ति पाउनुहुन्थ्यो।’









प्रतिक्रिया