
काठमाडौं, १ पुस । नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सोही क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताएका छन् ।
नेपाल र चीनबिचभएको सम्झौताले नेपाली किसानलाई रागाँ भैसी पालनकालागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँ भैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए ।
यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छी पालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको पनि बताएका हुन् ।
यसको साथै, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरुमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताए ।








प्रतिक्रिया