१ कार्तिक २०८३, शनिबार

पोखराले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् । पोखराको यो अन्तिम खेल हो । उसले हालसम्म दुई खेलमात्र जितेको छ ।

सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आठ अंक बटुलेको सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

शनिबार भएको जितसँगै चितवनले ८ अंक जोडेसँगै पोखरा र विराटनगर औपचारिक रूपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।

सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।