
काठमाडौं, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरको खेलमा अलआउट भएर ११७ रन बनाएको हो ।
शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो । काठमाडौं ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको । ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ ।
चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार व्यहोरेको छ ।








प्रतिक्रिया