२१ असार २०८३, आइतबार

टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै काठमाडौं

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो ।

प्लेअफको सम्भावना कायम राख्न काठमाडौंलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएका काठमाडौं लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।