२९ जेष्ठ २०८३, शुक्रबार

पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २९ मंसिर । नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् ।

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

यसैगरी, कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन भएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए । तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो । रासस