३० जेष्ठ २०८३, शनिबार

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।

काठमाडौंबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएको छ ।

त्यस्तै, जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुईदेखि माइनस ३ सम्म झरेको छ । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ । यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।