३२ असार २०८३, बिहिबार

ब्रायन लारा आज नेपाल आउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । वेस्ट इन्डिजका पूर्वकप्तान लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लारा आज बिहान नेपाल आइपुग्ने छन् ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् ।

संसारभर चर्चित दिग्गज क्रिकेटर लाराले सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका छन् । उनको नाममा कैयौँ विश्व रेकर्ड छन् ।

५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।