
काठमाडौं, २७ मंसिर । सहकारी रकम अपचलनमा फरार रहेका जीबी राईको राहदानी रोक्का भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले बतायो। सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन।
कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया भने यसबारे अनुसन्धान चलिरहेको बताउँदै विस्तृतमा खुलाएनन्। ‘केही कामहरू भइरहेका छन्। अनुसन्धानकै क्रममा रहेकाले केही भन्ने अवस्था छैन,’ ओलियाले भने।
जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले वैशाख ३० मा राहदानी विभागलाई पत्र पठाएको थियो । तर त्यतिबेला विभागले जीबीको राहदानी बदर गर्न नमिल्ने भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।









प्रतिक्रिया