१५ असार २०८३, सोमबार

विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएको छ ।

अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा १३ रन बनाउँदै खेल बराबरी भएपछि सुपर ओभरमा धकेलिएको थियो ।

विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले पनि निर्धारित २० ओभरमा १ सय ४० रननै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।

सुपर ओभरमा १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो । सुपर ओभरमा पोखराका लागि १८ रनको स्कोरका लागि रोमन रिफरले २ छक्का र १ चौका प्रहार गरेका थिए ।