
काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ ।
लुम्बिनी लायन्स बुधबार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।








प्रतिक्रिया