३१ असार २०८३, बुधबार

प्रधानसेनापति सिग्देल र भारतीय समकक्षीबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बुधबार भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका छन् । साथै, उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति सिग्देलले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यसैगरी, उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।