१८ असार २०८३, बिहिबार

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सात वर्षको जेल सजाय माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको छ ।

आज काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको हो । सीआईबीको प्रतिवेदन अनुसार सरकारी वकिलले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ।

दफा ४७ को (२) अनुसार उनलाई थप सजाय गर्न पनि माग दाबी गरिएको हो । ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।

डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप गर्नु हो। अर्थात पाँच वर्ष कैद भएमा डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष सजाय हुनसक्छ। यसो भएमा प्रसाईंलाई सात वर्षसम्म सजाय हुन सक्छ।