२७ असार २०८३, शनिबार

काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित, प्रतियोगिताबाट बाहिरियो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको छ ।

काठमाडौंले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अल आउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफलभएको छ ।

टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए ।लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो ।

बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो । यता, काठमाडौंले भने दोस्रो जित हासिल गरेको छ । काठमाडौंले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।