
काठमाडौं, २६ मंसिर । वेस्ट इन्डिजका पूर्वकप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत लारा नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

लारा एनपीएलकै दौरान नेपाल आउने बताइए पनि उनी आउने मिति भने खुलाइएको छैन् ।
५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।








प्रतिक्रिया