७ श्रावण २०८३, बिहिबार

यी हुन् एमाले सचिवालय बैठकको निर्णयहरू

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक आज बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो । बैठकले हालै भएको प्रधानमन्त्रीको चीन भ्रमण निकै सफल भएको निष्कर्ष निकालेको छ।

भ्रमणका क्रममा भएको फ्रेमवर्क फर बिआरआई को-अपरेसनको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

यस्तै बैठकले उपनिर्वाचनको समिक्षा गर्दै समग्रमा उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको हो । तर शहरी क्षेत्रको पराजयलाई भने पार्टीले गम्भीर रूपमा लिएको पनि उनले बताए ।

यस्तै बैठकले पार्टी र नेतृत्वविरूद्व सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, दुष्प्रचार गर्ने कार्य भएकाले प्रतिवादका लागि पार्टी पंक्तिलाई आह्वान पनि गरेको छ ।