
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सरकारले रवि लामिछानेलाई ह्यारेस गरिरहेको बताएका छन् । रविको पक्षमा खुल्दै सांसद शर्माले ह्यारेश गर्नकै लागि नियतवश रविलाई जिल्ला जिल्लामा दौडाइएको बताएका हुन् ।
सांसद शर्माको सरकारको रवैया परिवर्तन हुनुपर्ने बताउँदै विधिको शासन सबैले मान्नुपर्ने बताए । उनले रविको केश तीन दिनभित्र अदालतमा पेश गर्न पनि माग गरेका छन् ।
उनले भने, ‘अहिलेको गृहमन्त्री रमेश लेखक दाइ कानूनको ज्ञाता पनि हुनुहुन्छ। हाम्रो गृहमन्त्री नै भएको बेलामा यो केस न्यायिक निरूपणको विषय हो। न्यायालयले यसबारे बोल्नुपर्ने कुरा हो। सकेसम्म पहिलो हप्ता नभए ८/१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो। तर, नियतवश, मानिसिक रूपमा ह्यारेस गराउनको निम्ति रविलाई कहिले कता कहिले कता कुदाएको छ। देख्दा हेर्दा लोकलाई पनि लाज हुने गरी सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले काम भइरहेको छ। यसको भर्त्सना गर्छु।,’








प्रतिक्रिया