१ असार २०८३, सोमबार

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो ।

मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ पुगेको हो ।