
रौतहट, २५ मंसिर । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको स्कार्पियो जिप रौतहटको लमाहामा गएराति दुर्घटनाग्रस्त भई आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार बा१६च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकको छेउमा रहेको रुखमा ठोकिएको थियो ।
दुर्घटनामा सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।
दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया