
रौतहट, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेलाबाट सिरहा फर्किँदै गरेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
बा १६ च ३१६२ नम्बरको स्कार्पियो चन्द्रनिगाहपुर-४ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख डिएसपी राजकुमार राईका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारको लागि वीरगञ्ज पठाइएको छ ।
सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने उनको भनाइ छ ।









प्रतिक्रिया