२१ जेष्ठ २०८३, बिहिबार

टस जितेर पहिले बलिङ गर्दै चितवन राइनोज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर सुरुमा बलिङ रोजेपछि लुम्बिनी लायन्स पहिला ब्याटिङ गर्ने भएको हो ।

चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन ।